२४ भदौ २०८३, बुधबार

‘द भ्वाइस अफ नेपाल’का कोच श्रेष्ठलाई कोरोना संक्रमण, अक्सिजन लेभल कम भएपछि अस्पताल भर्ना



काठमाडौं । गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण पसष्टि भएको छ। गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को आधिकारिक फेसबुक पेजमार्फत उनलाई कोरोना संक्रमण भएको उल्लेख गरिएको छ।

श्रेष्ठलाई २ साता अघि कोरोना संक्रमण पुष्टि भएको हो । उनको शरिरमा अक्सिजन लेभल कम देखिएपछि अस्पताल भर्ना भएका हुन्।

‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करणदेखि नै उनी निर्णायकको रुपमा रहँदै आएका छन्। ‘द भ्वाइस अफ नेपाल’को तेस्रो संस्करणमा निर्णायकको रुपमा रहेका उनलाई टिमले शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

हाल उनी हेम्स अस्पतालमा उपचार गराइरहेको जानकारी कोच राजुकातर्फ बाट व्यवस्थापक बबी लामाले जानकारी दिए।

https://www.facebook.com/TheVoiceofNepal.official/posts/862992170919617