फुटको संघारमा जसपा चित्त बुझ्दो स्पष्टीकरण नदिए उपेन्द्रलाई पार्टीबाटै निष्कासन गर्ने महन्थको २४ घण्टे अल्टिमेटम
काठमाडौं । जनता समाजवाबि पार्टि जसपा फुटको संघारमा पुगेको छ । आज जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई २४ घण्टा समय दिएर काउन्टर स्पष्टीकरण सोधेका छन ।
ठाकुरले आज एक पत्र नै जारी गरेर २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण नबुझाए दलबाट निष्कासन गर्ने चेतावनी समेत दिएका छन ।
उक्त पत्रमा बैशाख ११ गते सोधिएको जवाफको आजसम्म जवाफ प्राप्त नभएकाले दोस्रो पटक पुन यो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझदो संतोषजनक जवाफ प्राप्त नभएमा पार्टिबाट निष्काशन गर्ने समेतको कार्वाहि हुने लेखिएको छ ।
यसअघि उपेन्द्र यादवले २४ घण्टे स्पष्टीकरण सोधेलगत्तै ठाकुरले काउन्टर जवाफ दिएका थिए ।
















