२६ श्रावण २०८३, मंगलबार

वर्षदिन रोकेर महामारीमा बृद्धभत्ता बाँढ्ने हतारो, जोखिम मोल्दै बैंकमा बृद्धबृद्धाको घुइँचो



काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकाले एक वर्षसम्म नबाँडेको बृद्धभत्ता महामारीका बीच बाँढ्ने भनेपछि बैंकमा भीड बढेको छ । कोरोना महामारीबाट नुवाकोटका गाउँगाउँमा सक्रमितको संख्या बढ्दै गएका बेला नगरपालिकाले बृद्धभत्ता लिन सानिमा बैंक जानु भन्ने सूचना गरेपछि बैंकमा भीड लागेको हो ।

६० वर्ष नाघेका बृद्धबृद्धाले स्वास्थ्य मापदण्डको ख्यालै नगरी बैंकमा भीड गरेका छन् । उनीहरुलाई स्वास्थय मापदण्ड पालना गराउन र लाइनमा बस्न सहजिहरकण गर्ने काममा समेत नगरपालिकाले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् । एक वर्षदेखि भत्ता नबाँडेका कारण स्थानीय सरकारको आलोचना भएपछि पालिकाले हालैमात्र सूचना जारी गरेर बैंकमा जान भनेको थियो ।

वर्षात्को समय र महामारीको त्रासका बीच जेष्ठनागरिकलाई बैंकमा भीड लगाएको नगरपालिकाले भीड व्यवस्थापनमा ध्यान नदिएको स्थानीय बताउँछन् । बैैंकले पनि भीडलाई व्यवस्थित गर्ने प्रयासर नगरेको उनीहरुले बताए ।