२६ श्रावण २०८३, मंगलबार

विश्वबैंकले दियो साढे १७ अर्ब ऋण, पैसा जनताका हातमा होइन, नीति निर्माणमा खर्च हुने



काठमाडौं । विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर (विद्यमान विनिमय दर अनुसार करीब साढे १७ अर्ब रुपैयाँ) ऋण सहायता दिने भएको छ । कोरोना महामारीसंग जुद्धै आर्थिक एवम् सामाजिक पुनरुत्थानका निम्ति उक्त रकम सहायता दिन लागिएको विश्व बैंकले बताएको छ ।

गएराती सम्पन्न बैंकको ‘बोर्ड अफ एक्जुकेटिभ डाइरेक्टर्स’ बैठकले उक्त ऋण सहायता दिने निणर्य गरेको हो । सो रकम महामारी नियन्त्रण, आर्थिक पुनरुत्थान र दिगो आर्थिक बृद्धिका निम्ति खर्च हुने विश्व बैंकले विज्ञप्तीमार्फत् जनाएको छ । यस्तो पैसा सिधै जनताको स्वास्थ्य र उद्यममा भने खर्च हुने छैन ।

विश्व बैंकका अनुसार यो रकम सरकारको संस्थागत एवम् नियमन क्षेमता सुदृढ गर्नमा खर्च हुने छ । यसले कर तथा भन्सार प्रणाली, सार्वजनिक ऋण व्यवस्थापन र पूँजीगत खर्च अभिबृद्धिमा सहयोग गर्ने भनिएको छ । ‘डेभेलपमेण्ट पोलिसि क्रेडिट सपोर्ट’ भनिने यस्तो सहायताले महामारीपछिको पुनरुत्थानमा नीतिगत तवरबाट हुनसक्ने सुधारका लागि जग खडा गर्ने भनिएको छ ।