२६ श्रावण २०८३, मंगलबार

पश्चिमा मुलुकमा प्रवेश गर्ने एक प्रमुख ट्राञ्जिट टर्कीले लगायो नेपाललाई हवाइ प्रतिबन्ध



काठमाडौं । नेपालबाट युरोप र उत्तर अमेरिकी मुलुक जाने एक प्रमुख हवाइ ट्राञ्जिट हो टर्की । यही कारण सरकारले अन्तरराष्ट्रिय हवाइ सेवा सुचारु नहुँदै पनि टर्कीमा भने उडान भर्न अनुमति दिइरहेको थियो । तर टर्कीले नेपालसँगको हवाइ सम्पर्कमा प्रतिबन्ध लगाएको छ ।

कोभिड-१९ तेस्रो लहर शुरु हुन थालेपछि टर्कीको सरकारले नेपालसहित सात मुलुकका नागरिक आगमनमा प्रतिवन्ध लगाएको हो । अब नेपाल, भारत, बंगलादेश, श्रीलंका, ब्राजिल, दक्षिण अफ्रिका लगायत सात मुलुकका नागरिकलाई सीधा उडानमार्फत टर्की प्रवेश गर्न पाइने छैन ।

तर, यसले ट्राञ्जिट उडानलाई भने असर नगर्ने बताइएको छ । आगमनमा प्रतिवन्ध लगाइए पनि टर्कीस एयरलाइन्सको नियमित उडानमार्फत इस्तानबुल ट्रान्जिट हुँदै अन्य मुलक जान सकिने छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय तर्फको नियमित उडान खुला गरेसँगै टर्कीसले साताको मंगलबार, विहीबार र शनिबार गरी तीन पटक उडान भर्दै आएको छ ।