७ श्रावण २०८३, बिहिबार

आरविवि म्युचुअल फण्ड–१ मा आवेदन बन्द



काठमाडौं । आरविवि म्युचुअल फण्ड १ को इकाईहरु सार्वजनिक निष्काशन आजदेखि बन्द भएको छ । असार २३ गतेदेखि प्रति इकाई मूल्य १० रुपैयाँका दरमा १० करोड इकाई निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमा १३ प्रतिशत इकाई कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र २ प्रतिशत इकाई योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको लागि छुट्याईएको छ ।

बाँकि ८ करोड ५० लाख इकार्ई सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएको हो । जसमा आवेदकहरुबाट माग गरेभन्दा बढी इकाई खरीदका लागि आवेदन परेकाले आज असार २८गते बैंकिङ समयपश्चात् बन्द गरिएको क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्