७ श्रावण २०८३, बिहिबार

मनकामना स्मार्ट लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै, रिजल्ट हेर्ने तरिकासहित



काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आइपीओ आज बाँडफाँड गरिने भएको छ । मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर आइपीओ आज (२८ गते, सोमबार) विहान ९ः३० बजे बाँडफाड गरिनेछ ।

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा अन्तिम दिन आज साढे २० लाखले आवेदन दिएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार २० लाख ३६ हजार २४५ जनाले २ करोड ६५ लाख ७४ हजार ०५० कित्ताको लागि आवेदन दिएका हुन् । यो माग गरिएको भन्दा ७३.१० गुणा धेरै आवेदन परेको हो । यो तथ्याङ्क थपघट हुनसक्छ ।

संस्थाले १ सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमा ६ हजार ५८ कित्ता कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागी छुट्याइएको छ । शेयर कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

बाँडफाँड पश्चात आईपीओ हेर्न यहाँ क्लिक गर्नुहोलाः

https://iporesult.cdsc.com.np/

www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)

https://www.prabhucapital.com/share-allotment


प्रतिक्रिया दिनुहोस्