आजदेखि ३ कम्पनीको ७ लाख ७५ हजार संस्थापक शेयर बिक्री खुल्ला
काठमाडौं । एनआईसी एसिया बैंकले आज साउन ३ गतेदेखि विभिन्न ३ कम्पनीको संस्थापक शेयर बिक्री खुला गरेको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त, मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोषको गरि ७ लाख ७५ हजार ४७३ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको हो ।
आरएमडिसी लघुवित्तको ३ लाख १९ हजार ६५ कित्ता संस्थापक शेयर बक्रिी गरेको हो । उक्त शेयरको न्युनतम मूल्य ४८१ रुपैयाँ तोकिएको छ । त्यस्तै, मेरो माइक्रोफाइनान्सको १ लाख ६ हजार ३९ कित्ता संस्थापक शेयर बिक्री खुला गरेको हो । उक्त शेयरको न्युनतम मूल्य ५४१ रुपैयाँ तोकिएको छ । त्यस्तै, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर बिक्री खुला गरेको हो । उक्त शेयरको मूल्य १२२१ रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले आज साउन ३ गतेदेखि साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । हाल कायम संस्थापक वा जो कोहि व्यक्ति, संघ संस्था कम्पनीले यी शेयरमा आवेदन दिन सक्ने छन् । नागरिक लगानी कोषको शेयरमा भने बैंक वित्तीय संस्था र बीमाले मात्र आवेदन दिन सक्ने छन् । शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ ।













