२४ भदौ २०८३, बुधबार

हाम्रो परिवार-राम्रो परिवारद्वारा स्नेह आश्रमलाई सहयोग हस्तान्तरण



काठमाण्डौ । “आज नगरे कहिले गर्ने–हाम्ले नगरे कस्ले गर्ने” भन्ने नाराका साथ हाम्रो परिवार राम्रो परिवारले स्नेह आश्रमलाइ खाद्यान्न तथा स्कुलका सामग्रीहरू सहयोग गरेको छ ।

मुलपानी स्थित रहेको स्नेह वाल आश्रमलाइ हाम्रो परिवार राम्रो परिवारले सामाजिक सन्जाल टिकटकबाट पनि सामाजिक सेवा गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ ।

आश्रममा नगत र विभिन्न सामाग्री गरि ५४ हजार बराबर को सहयोग भयको जानकारी संस्था अध्यक्ष निर्मला अधिकारी र सचिब दिपेन्द्र खड्काले बताए। प्रकाश भट्टको पहल र निरिक्षण पछि हाम्रो परिवार राम्रो परिवारले सहयोग गरेको खड्काले बताए ।