२४ भदौ २०८३, बुधबार

२ हजार जरिवाना तिर्न नसकेर ८ बर्ष फरार !



काठमाडौं । २ हजार रुपैयाँ तिर्न नसकेर ८ बर्षदेखि फरार रहेका एक जना पक्राउ परेका छन् । अंश मुद्दामा फरार रहेका बर्दिया बारबर्दिया नगरपालिका ७ बस्ने प्रशुराम आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । आचार्यलाई ८ बर्ष अघि अंश मुद्दामा जिल्ला अदालत बर्दियाले २ हजार २६१ रुपैयाँ तोकेको थियो । तर उक्त रकम तिर्न नसकेर फरार रहेका बर्दिया बारबर्दिया नगरपालिका ७ बस्ने प्रशुराम आचार्यलाई प्रहरीले पक्राउ गरि अदालतमा बुझाएको हो ।

प्रहरीका अनुसार बर्दिया जिल्ला अदालत गुलरियाको २०७० माघ १४ गतेको फैसला आदेशले अंश मुद्दामा रू.२२६१ जरिवाना तोकिई फरार रहेका कसुरदार जिल्ला बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ७ बस्ने प्रशुराम आचार्यलाई ईलाका प्रहरी कार्यालय जयनगर बर्दियाको प्रहरी टोलीले असार ३ गते पक्राउ गरी बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको छ ।

त्यस्तै, ४ बर्ष अघि ५ हजार रुपैयाँ तिर्न नसकेर फरार रहेका सिताराम थारुलाई पक्राउ गरिएको छ । बर्दिया जिल्ला अदालत गुलरियाको २०७२ चैत्र २४ गतेको फैसला आदेशले सार्वजनिक अपराध कसुर मुद्दामा रू.५००० जरिवाना तोकिई फरार रहेका कसुरदार जिल्ला बारबर्दिया नगरपालिका वडा नं। १ बस्ने लद सिताराम थारु लाई ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाको प्रहरी टोलीले असार ३ गते पक्राउ गरी अदालतमा बुझाएको छ ।