११ श्रावण २०८३, सोमबार

सोमबार नेप्से १३.९७ अंकले बढ्यो



काठमाडौं । आज सोमबार सेयर बजार सामानय अंकले बढेको छ । हिजो ९७.२१ अंकले बढेको नेप्से आज १३ अंकले मात्र बढेर नेप्से परिसुचक २९५४.५८ अंकमा पुगेर बन्द भएको छ । आज सबैभन्दा बढि व्यापार समुहका लागानिकर्ताले कमाएका छन । व्यापार समुह १ सय ९६ अंकले बढेको हो ।

दिनभर २ सय १९ कम्पनिको ३७ करोड ५७ लाख १ हजार ३ सय ५४ कित्ता शेयर १० लाख ७ हजार ७ सय ९७ पटक कारोबार हुदा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६ सय ७ रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी सबैभन्दा बढि फाइनान्स समुहले गुमाएका छन । आज फाइनान्स समुह २९ अंकले ओरालो लागेको छ भने होटल एण्ड टुरीजम समुह १६, विकास बैंक समुह १८, माईक्रोफाइनान्स समुह ४.४२ र हाईड्रोपावर समुह १ अंकले घटेको छ ।

व्यापार समुह १ सय ९६ , निर्जिवन विमा समुह १ सय १, जिवन विमा समुह ५३, अंकले बढेको छ ।