इन्फिनिटी र नेपाल एग्रो लघुवित्तको एकिकृत कारोबार भदौ ४ गतेदेखि शुरु हुने
काठमाडौं । इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकिृत कारोबार भदौ ४ गतेदेखि शुरु हुने भएको छ । इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेपश्चात इन्फिनिटी लघुवित्तका नामबाट एकिकृत कारोबार हुने भएको हो ।
इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाइसकेको छ । नेपाल राष्ट्र बैंकले गत साउन १५ गते इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिएको हो । यसअघि नेपाल राष्ट्र बैंकले जेठ ११ गते प्राप्ति सम्बन्धि सैद्धान्तिक सहमति दिएको थियो ।
नेपाल एग्रो लघुवित्तको कास्की जिल्ला पोखरा महानगरपालिका १८, विन्ध्यावासिनीमा केन्द्रिय कार्यालय रहेको छ । इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तबीच प्राप्ति सम्बन्धि गत माघ २६ गते सम्झौता भएको थियो ।
इन्फीनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १ः०.९८ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । नेपाल एग्रो लघुवित्तको १०० कित्ता सेयरलाई इन्फिनिटी लघुवित्तको ९८ कित्ता सेयर दिने गरी स्वाप रेसियो कायम गरिएको छ ।













