७ श्रावण २०८३, बिहिबार

मौद्रिक नीतिमा ढिलाइ हुँदा लगानीकर्ता अन्यौलमा, नेप्से स्थिर रहेर १४ अर्ब ३० करोडको कारोबार



काठमाडौं । साताको पहलिो दिन नेप्से स्थिर रहेको छ । गत साता राष्ट्र बैंकले आज आइतबार मौद्रिक नीति सार्वजनिक गर्ने भन्ने हल्ला चलेपछि शुरुमा नेप्से बढेको थियो । तर राष्ट्र बैंकले मौद्कि नीति सार्वजनिक गर्न केही दिन अझै कुनुपर्ने समाचार सार्वजनिक भएपछि लगानीकर्ता अन्यौलमा परेका हुन् ।

दिनभरि नेप्से उतारचढाब पछि बन्द हुनेसमयमा सामान्य अंकले बढेको हो । आइतबार नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१३ अंकमा बन्द भएको छ । यसअघि गत बिहीबार करेक्शन भएको नेप्से आइतबार स्थिर रहेको हो । राष्ट्र बैंकको मौद्रिक नीति अन्यौलमा परेसँगै लगानीकर्ता पनि अन्यौल परेका हुन् ।

आइतबार दिनभरिमा २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार कित्ता १ लाख २६ हजार पटक किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

विकास बैंक समूह ६६.३७ अंक, बैंकिङ समूह ०.०८ अंक, फाइनान्स समूह २१.८९ अंक, जलविद्युत समूह ११५.०५ अंक, उत्पादन समूह २.८४ अंकले बढेको छ भने म्युचुअल फण्ड समूह स्थिर रहेको छ ।

इन्भेष्टमेन्ट समूह ०.०४ अंक, जीवन बीमा समूह १०१.५४ अंक, माइक्रोफाइनान्स समूह ७४.०९ अंक, निर्जीवन बीमा समूह २०२.७९ अंक, अन्य समूह २०.५३ अंक, ब्यापार समूह ४०.३८ अंक र होटल तथा पर्यटन समूह ३९.९१ अंकले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्