४० अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्ब आईपुग्यो
काठमाडौं । आज बुधबार नेप्से ओरालो लागेको छ । आज नेप्से ४०.२६ अंकले घटेर सबै समुह राताम्मे भएको छ । बजार ४०.२६ अंकले घट्दा परिसुचक २८८९।०३ अंकमा पुगेर बजार बन्द भएको छ ।
बुधबार दिनभर २ सय २२ कम्पनिको १० करोड ५५ लाख ७ हजार ८ सय ६६ कित्ता शेयर ७५ हजार ८ सय ९५ पटक किनबेच हुदा ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २ सय ५१ रुपैयाँको कारोबार भएको छ ।

नेप्से घटेर सबै समुह राताम्मे भएको छ । आज सबैभन्दा बढि निर्जिवन विमा समुहका लगानिकर्ताले गुमाएका छन । निर्जिवन विमा समुह २७२ जिवन विमा समुह १७५, विकास बैंक ११६, होटल एण्ड टुरीजम ७९, उत्पादन समुह ७३ अंकले घटेको छ ।
















