२१ कार्तिक २०८३, शनिबार

ङादी ग्रुपको साधारण सभाले २० प्रतिशत लाभांश र हकप्रदको प्रस्ताव पारित गर्यो



काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले २० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १।५ प्रतिशत नगद लाभांश गरि कुल २१।५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ ।

त्यसैगरी सभाले २० प्रतिशत बोनश शेयर वितरण गरेपछि कायम हुने चुक्ताँ पुजीको १ः२ को अनुपात अर्थात ७० करोड ६९ लाख ६२ हजार ३ सय ६० को २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको क्विन्स क्याफे, अनामनगर, काठमाडौँमा साधारण सभा सम्पन्न भएको हो ।