२४ भदौ २०८३, बुधबार

हस्तकलाको सामान भन्दै चरेस ओसारपसार गर्ने ९ जना पक्राउ



काठमाडौं । चरेस ओसार पसार गर्ने ९ जना प्रक्राउ परेका छन । चकटी भित्र राखुर अवैध लागूऔषध चरेस ओसार पसार गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कपनस्थित हस्तकलाका सामान उद्योगबाट ७ किलो ६२४ ग्राम चरेसहित ९ जनालाई पक्राउ गरेको प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले आज पत्रकार सम्मेलन गदै जानकारी दिएको छ ।

चकटीत्रि चरेस राखेर विदेशमा हस्तकलाको सामानको रुपमा निर्यात गरेको विशेष सुचनाको आधारमा पक्राउ गरेको पत्रकार सम्मेलनमा व्यूरोका प्रतिनिधिहरुले जानकारी दिएका हुन