२१ कार्तिक २०८३, शनिबार

मैलुङ खोला जलविद्युत् कम्पनीको ३६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । मंगलवार नेप्सेमा मैलुङ खोला जलविद्युत् कम्पनीको ३६ लाख ८१ हजार ४ सय ३० कित्ता आईपीओ नेप्सेमा सूचीुत भएको हो ।

नेप्सेले कम्पनिको उक्त आईपीओको पहिलो कारोबारका लागि । ९५ दशमलव ७५ देखि २८७ दशमलव २५ तोकेको छ । उक्त आईपीओ भोलीबाटै कारोबारमा आउने छ ।

कम्पनिले निष्काशन गरेको ३६ लाख ८१ हजार कित्ता मध्ये सर्वसाधारणको लागि ७ लाख ३६ हजार २८६ कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ लाख ६८ हजार १४४ कित्ता र कम्पनीका संस्थापकहरुको लगानी २५ लाख ७७ हजार कित्ता शेयर नेप्सेमा सूचीकुत भएको हो ।

मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ निगकाशनमा बिओके क्यापीटल रहेको छ ।