मंगलबार थप १३३० जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय २६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९ सय ६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ७ लाख ८६ हजार ५ सय ७७ पुगेको छ ।
वितेको २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ८३० जना निको भएका छन् । यो संगै निको हुनेको संख्या ७ लाख ५४ हजार पुगेको छ । हाल देशभर २१ हजार ५ सय २४ जना संक्रिय संक्रमित रहेका छन । जसमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३६० जना संस्थागत आईसोलेसनमा रहेका छन ।
















