२४ भदौ २०८३, बुधबार

डिशहोम फाइबरनेट सेवा कलैया, लाहान, भैरहवा र टौदहमा विस्तार



  काठमाडौँ । डिशहोम फाइबर नेट सेवा कलैया, लाहाना, भैरहवा र टौदहमा विस्तार भएको छ । नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै कलैया, लाहान, भैरहवा र टौदहमा पुगेको जानकारी बिक्री प्रबन्धक मनोज शर्माले दिएका छन् ।

नेपालका प्रमुख सहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, वीरगन्ज ,धरान, जनकपूर, बिर्तामोड, ढल्के बर, बनेपा, धुलिखेल, पनौती, पोखरा र विराटनगर  लगायत अन्य स्थानमा पुगिसकेको छ । छिटै नेपालगन्ज, धनगढी र नारायण घाटमा पनि पुग्ने डिशहोमले जनाएको छ ।

साथै डिशहोम फाइबर नेटले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना सञ्चालन गरेको छ । असोज ११ गते देखि लागुभएको यो योजना अन्तरगत डिशहोम फाइबर नेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने छन् । स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रसारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरूमा हुने छ । 


डिशहोम फाइबर नेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा वा नजिकैको डिशहोम डिलरलाई सम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।