महिला लघुवित्तको ५० प्रतिशत लाभांश घोषणा - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

महिला लघुवित्तको ५० प्रतिशत लाभांश घोषणा



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५० प्रतिशत लाभांश घोषणा गरेको हो ।

शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुजीको ४५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ५ प्रतिशत गरि ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्