कोरोना भाइरस विरुद्धको सबैभन्दा प्रभावकारी भनिने फाइजर खोप भोलि नेपाल भित्रिएला ?
काठमाडौं । कोरोना भाइरस विरुद्ध अहिलेसम्म उत्पादन भएका खोपमध्ये सबैभन्दा प्रभावकारी भनिने फाइजर खोप भोलि नै नेपाल भित्रिनसक्ने अमेरिकी दूतावासले बताएको छ । अमेरिकाले १ लाख ६२० मात्रा (डोज) खोप नेपाललाई अनुदानमा दिन लागेको हो ।
दुतावासले आज विहान एक ट्वीट गरेर उक्त परिमाणमा खोप नेपाललाई दिन लागिएको जनाएको छ । यो खोप पनि कोभिसिल्ड, एस्ट्राजेनेका र भेरोसेलजस्तै एक जनालाई दुई मात्रा (डोज) लगाउनु पर्छ । यसकारण उक्त अनुदानमा प्राप्त खोपले ५० हजार ३१० जनालाई लगाउन पर्याप्त हुने छ ।
नेपालमा पहिलो पटक भित्रिन लागेको यो खोप निकै सुरक्षित र प्रभावकारी मानिन्छ । अमेरिकाले तीन महिनाअघि जोनसन एण्ड जोनसन खोप १५ लाख ३० हजार मात्रा उपलब्ध गराएको थियो । यो खोप भने एक जनाले एक मात्रामात्रै लगाए पुगने थियो ।
















