६ ओटा भारतीय नक्कली आदारकार्ड सहित ११ अफगानी नागरिक पक्राउ
काठमाडौं । ११ जना अफगानी नागरिक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीको टोलीले काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका ६ जनाको साथबाट भारतको नक्कली आधारकार्ड समेत बरामद गरेको प्रहरीले जनाएको छ । तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि अफगानी नागरिकहरु भागेर भारत हुदै नेपाल भित्रियका हुन ।














