२२ कार्तिक २०८३, आइतबार

ड्राइभिङ लाइसेन्सका लागि अब फेरि अनलाइनबाटै आवेदन खुल्ने, आजैबाट भर्न पाइने विभागको भनाइ



काठमाडौँ । यातायात व्यवस्था विभागले नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइनबाटै आवेदन दिन पउने व्यवस्था खुल्ला गरेको छ । ६ महिनाअघि कोरोना महामारीका कारण निषेधाज्ञा शुरु भएससँगै विभागले आवेदन लिने प्रक्रियालाई रोकेको थियो ।

अहिले भौतिक रुपमा लाइसेन्सको फारम भर्ने र परीक्षा दिने क्रम चलिरहेको भए पनि अनलाइनबाट आवेदन दिने सुविधा पनि पुनः सञ्चालनमा आएको थिएन । विभागले गत साता नै आवेदन खुला गर्ने तयारी गरेको भएपनि प्राविधिक समस्याका कारण मंगलबारबाट मात्रै अनलाइन आवेदन लिन सकिने भएको जनाएको छ ।

सेवाग्राहीले अब यातायात व्यवस्था विभागको वेवसाइटामर्फत अनलाइन आवेदनबाट नयाँ लाइसेन्स लिने प्रक्रियाअघि बढाउन सक्नेछन् । विभागका अनुसार सेवाग्राहीले यातायात विभागको वेबसाइटमा गएर नयाँ लाइसेन्सका लागि आवेदन दिन सक्नेछन् । विभागले आजैबाट लाइसेन्सको आवेदन खुल्ला गर्ने भने पनि हामीले यो समाचार तयार पार्दासम्म भने अनलाइन रजिस्ट्रेशन सुचारु भएको छैन ।