२२ कार्तिक २०८३, आइतबार

६७२ जनामा कोरोना संक्रमण, ८ जनाको मुत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १ सय ६७ पीसीआर परीक्षणमा ५ सय ८२ र २ हजार ३ सय २८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९० जना गरी ६ सय ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा थप ४ सय ९० जना कोरोना संक्रमणमुक्त भएका छन भने ८ जनाको ज्यान गएको छ । हाल देशभर १० हजार ३ सय ७५ जना संक्रिय संक्रमित रहेका छन् ।