२२ कार्तिक २०८३, आइतबार

५२७ जनामा कोरोना संक्रमण, ६ सय ६४ जना निको भए



काठमाण्डौं । बिशिबार पछिल्लो २४ घण्टामा ५९१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ८ सय ४८ पिसिआर विधिबाट गरिएको परिक्षणमा ५ सय २७ र २ हजार ५ सय ७ जनामा गरिएको एन्टीजेन विधिबाट गरिएको परिक्षणमा ६४ गरि कुल ५ सय ९१ जनामा कोरोना संक्तमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या म्न्त्तालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ६६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने २ जनाको ज्यान गएको छ । हाल देशभर १० हजार २३६ जना सक्रिय सङ्क्रमित रहेका छन ।

कोरोना संक्तमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ३८२ पुगेको छ । भने ८ लाख ११ हजार ४०७ जना कोरोना संक्रमित भएका छन । जसमा ७ लाख ८९ हजार ७ सय ८९ जना हालसम्म निको हुनेको संख्या रहेको छ ।