२२ कार्तिक २०८३, आइतबार

५६९ जना निको भए, ५४९ जनामा कोरोना संक्रमण



काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा थप ५ सय ६९ जना कोरोना संक्तमणमुक्त भएका छन । यो संगै हालसम्म नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ लाख ९० हजार ३ सय ५८ जना पुगेको छ ।

सिवतेको २४ घण्टामा देशभर ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसार ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा गरि थप ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ८ लाख ११ हजार ८ सय पुगेको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको यो संगै कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ११ हजार ३८८ जना पुगेको छ ।