२२ कार्तिक २०८३, आइतबार

हाथवे इन्भेष्टमेन्ट नेपालले २९ लाख कित्ता आईपीओ निष्काशन गर्ने



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले सवैसाधारणका लागि प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनिले आज ५० रुपैयाँ अंकित दरका १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशनको लागि आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लाई नियुक्त गरेको हो ।

नक्सालमा आयोजित कार्यक्रममा हाथवे इन्भेष्टमेन्ट नेपाल लि. को तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकुत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् ।