२२ कार्तिक २०८३, आइतबार

सोमबार थप ५३३ जनामा कोरोना संक्रमण, ९ जनाको ज्यान गयो



काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ४१ जना र ४ हजार १ सय ९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै हालसम्म कोरोना संक्तमित हुनेको संख्या ८ लाख १३ हजार ११ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४९० जना निको भएका छन भने ९ जनाको मुत्यु भएको छ । यो संगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय १६ र कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९२ हजार २ सय ७७ पुगेको छ ।

हाल देशभर ९ हजार ३ सय १८ जना संक्रिय संक्रमित रहेका छन् ।