२२ कार्तिक २०८३, आइतबार

११ जनाको ज्यान गयो थप ४६९ जनामा कोरोना संक्रमण



काठमाडौं । मंगलबार पछिल्लो २४ घण्टामा थप ११ जनाको ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ११ हजार ४ सय २७ पुगेको छ ।

वितेको २४ घण्टामा थप ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय १५ पीसीआर परीक्षणमा ४ सय २२ र ३ हजार १ सय ७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ लाख १३ हजार ४ सय ३३ पुगेको छ ।

पछिल्लो २४ घण्(टामा थप ५ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १ सय ७४ रहेको छ । हालसम्म देशभर ७ लाख ९२ हजार ८ सय ३२ जना संक्रमणमुक्त भएका छन् ।