मर्जरमा एग्रेसिभ बन्यो आरम्भ चौतारी लघुवित्त, कात्तिक ३० गते देउरालीलाई गाभेर एकीकृत कारोबार गर्दै - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मर्जरमा एग्रेसिभ बन्यो आरम्भ चौतारी लघुवित्त, कात्तिक ३० गते देउरालीलाई गाभेर एकीकृत कारोबार गर्दै



काठमाडौँ । गत वर्ष मात्रै मर्ज भएको आरम्भ चौतारी लघुवित्तले फेरी बुटवलमा केन्द्रीय कार्यालय रहेको देउराली लघुवित्तलाई गाभ्ने भएको छ । 
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीय संस्थालाई १००:८४ स्वाप रेस्योमा प्राप्ति गरेर कात्तिक ३० गतेबाट एकीकृत कारोबार गर्ने भएको  छ । 

मर्जरको लागी नेपाल राष्ट्र बैङ्कले स्वीकृति दिइसकेको छ । आरम्भ चौतारीको १ सय कित्ता सेयर बराबर देउरालीको ८४ कित्ता सेयर कायम हुने सहमति भएको देउराली लघुवित्तका सीईओ शिव ज्ञवालीले जानकारी दिए । 

दुवै लघुवित्त संस्थाले आपसमा गाभिन गत चैत ३१ गतेको विशेष साधारण सभाबाट पारित गरी नेपाल राष्ट्र बैङ्क स्वीकृतिको लागी पठाएका थिए । मर्जरपछि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुने ज्ञवालीले जानकारी दिए । 

देउराली लघुवित्त वित्तीय संस्था २०७६ मङ्सिर २५ गते नेपाल राष्ट्र बैङ्कबाट ‘घ’ वर्गको वित्तीय संस्थाको रूपमा वित्तीय कारोबार गर्न इजाजत पत्र प्राप्त लघुवित्त वित्तीय संस्था हो । बुटवल उपमहानगरपालिका वडा नं ४ पाल्पा रोडमा केन्द्रीय कार्यालय रहेको देउराली लघुवित्त वित्तीय संस्था लिमिटेड प्रदेश नं. ५ कार्यक्षेत्र रहेको प्रादेशिक स्तरको संस्था हो ।

मर्जरपछि शाखा सङ्ख्या १४९ पुग्नेछन् । देउरालीले यसअघि आइपिओ निष्कासन नगरेकाले मर्जरपछि एफपिओ जारी गर्ने जनाइएको छ । कम्पनीको सीईओमा आरम्भ चौतारीका लक्ष्मीप्रसाद शर्मा रहनेछन् भने डेपुटी सीईओमा देउरालीका शिव ज्ञवाली रहने सहमति भएको छ ।  


प्रतिक्रिया दिनुहोस्