तिहारलाई सुन किन्दै हुनुहुन्छ ? धनतेरसको भोलीपल्ट ५ सयले घट्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तिहारलाई सुन किन्दै हुनुहुन्छ ? धनतेरसको भोलीपल्ट ५ सयले घट्यो



काठमाडौं । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार सुरु भैसकेको छ । तिहारको पहिलोदिन हिजो धनतेरसको भोलिपल्ट सुन तोलामा ५ सयले घटेको छ ।

तिहारको धनतेरसको दिन सुन धेरै किन्ने गर्छन । बुधबार सुनको मुल्यमा ५ सयले गिरावट आएको हो । बुधबार सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको उल्लेख्य कारोबार भएको थियो । उता चाँदी पनि तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा मंगलबार चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्