सुदूरपश्चिममा कृषियोग्य जमिन साढे ५ लाख हेक्टर, कुन जिल्लामा कति ?
काठमाडौं ।सुदूरपश्चिमका ९ जिल्लामा ५ लाख ३७ हजार १९४ हेक्टर क्षेत्रफलमा कृषि उपजले ढाकेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (सुदूरपश्चिम प्रदेश) को बार्षिक प्रतिवेदन २०७७/७८ मा सो उल्लेख गरेको हो ।
जसमा खाद्य तथा अन्य बालीमा ४ लाख ९५ हजार ३५६ हेक्टर, तरकारी तथा बागवानी २२ हजार ९११ हेक्टर, फलफुल तथा मसला १८ हजार ९२७ हेक्टर क्षेत्रफलले ढाकेको छ ।
खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ३२.९७ प्रतिशत र बाजुरा जिल्लाको हिस्सा सबैभन्दा कम ३.९३ प्रतिशत रहेको छ । तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफलमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ४५.०४ प्रतिशत र बझाङ जिल्लाको हिस्सा सबैभन्दा कम २.४ प्रतिशत रहेको छ । यसैगरी, फलफुल तथा मसला बालीले ढाकेको क्षेत्रफलमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ३७.१८ प्रतिशत र अछाम जिल्लाको हिस्सा सबैभन्दा कम ३.६३ प्रतिशत रहेको छ ।
समीक्षा वर्षमा केमा वृद्धि केमा ह्रास
समीक्षा वर्षमा प्रमुख कृषि बालीले ढाकेको भू–क्षेत्र ०.१८ प्रतिशतले वृद्धि भएको छ । गत बर्ष यस्तो क्षेत्रफल ३.१८ प्रतिशतले वृद्धि भएको थियो । जुन समीक्षा वर्षमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ०.०४ प्रतिशतले ह्रास आएको छ । गत बर्ष यस्तो क्षेत्रफल ४.४० प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै समीक्षा वर्षमा आलुले १४.१७ प्रतिशत, फापरले १२.१२ प्रतिशत, भटमासले ९.३७ प्रतिशत, उखुले ०.८८ प्रतिशत, गहुँको ०.७२ प्रतिशत, कोदोले ०.५१ प्रतिशत क्षेत्रफलले वृद्धि भएको छ । भने जौंले ढाकेको क्षेत्रफल ५.६४ प्रतिशत, दलहनको क्षेत्रफल २.४४ प्रतिशत, तेलहनको क्षेत्रफल १.८७ प्रतिशत, धानको क्षेत्रफल १.१६ प्रतिशत र मकैको क्षेत्रफल ०.६१ प्रतिशतले ह्रास आएको छ ।
त्यस्तै समीक्षा बर्षमा तरकारी बालीले ढाकेको क्षेत्रफल ४.९४ प्रतिशतले वृद्धि भएको छ । गत वबर्ष सोही अवधीमा यस्तो क्षेत्रफल १७.६९ प्रतिशतले ह्रास आएको छ । फलफुल तथा मसलाले ढाकेको क्षेत्रफल ०.५२ प्रतिशतले वृद्धि भएको छ जुन गत आ.वमा यस्तो क्षेत्रफल १.९१ प्रतिशतले वृद्धि भएको थियो ।
कुन जिल्लामा कति कृषि उपजले ढाकेको छ ।
दार्चुलामा २३ हजार ६१० हेक्टरमा
दार्चुलामा २१ हजार ४०७ हेक्टरमा जुन ४.३२ प्रतिशत हिस्सा खाद्य र अन्य बाली, १२३० हेक्टरमा ५.३७ प्रतिशत हिस्सा तरकारी तथा बागवानीमा, ९७३ हेक्टरमा ५.१४ प्रतिशत हिस्सा फलफुल तथा मसला रहेको छ ।
बैतडी ४९ हजार ९३६ हेक्टरमा
बैतडीमा ४७ हजार १९७ हेक्टरमा जुन ९.५३ प्रतिशत हिस्सा खाद्य र अन्य बाली, १०२० हेक्टरमा ४.४५ प्रतिशत हिस्सा तरकारी तथा बागवानीमा, १७१९ हेक्टरमा ९.०८ प्रतिशत हिस्सा फलफुल तथा मसला रहेको छ ।
डडेलधुरा २५ हजार ६०३ हेक्टरमा
डडेलधुरामा २२ हजार ७४२ हेक्टरमा जुन ४.५९ प्रतिशत हिस्सा खाद्य र अन्य बाली, १३८५ हेक्टरमा ६.०५ प्रतिशत हिस्सा तरकारी तथा बागवानीमा, १४७६ हेक्टरमा ७.८० प्रतिशत हिस्सा फलफुल तथा मसला रहेको छ ।
कञ्चनपुर १ लाख १४ हजार ३९६ हेक्टरमा
कञ्चनपुरमा १ लाख ७ हजार ९०१ हेक्टरमा जुन २१.७८ प्रतिशत हिस्सा खाद्य र अन्य बाली, ४७५० हेक्टरमा २०.७३ प्रतिशत हिस्सा तरकारी तथा बागवानीमा, १७४५ हेक्टरमा ९.२२ प्रतिशत हिस्सा फलफुल तथा मसला रहेको छ ।
बझाङ ३१ हजार ९२९ हेक्टरमा
बझाङमा ३० हजार २४९ हेक्टरमा जुन ६.११ प्रतिशत हिस्सा खाद्य र अन्य बाली, ५५० हेक्टरमा २.४० प्रतिशत हिस्सा तरकारी तथा बागवानीमा, ११३० हेक्टरमा ५.९७ प्रतिशत हिस्सा फलफुल तथा मसला रहेको छ ।
बाजुरा २१ हजार ९६३ हेक्टरमा
बाजुरामा १९ हजार ४५५ हेक्टरमा जुन ३.९३ प्रतिशत हिस्सा खाद्य र अन्य बाली, ९२५ हेक्टरमा ४.०४ प्रतिशत हिस्सा तरकारी तथा बागवानीमा, १५८३ हेक्टरमा ८.३६ प्रतिशत हिस्सा फलफुल तथा मसला रहेको छ ।
डोटी ४३ हजार २५७ हेक्टरमा
डोटीमा ३८ हजार ६४६ हेक्टरमा जुन ७.८० प्रतिशत हिस्सा खाद्य र अन्य बाली, २०३४ हेक्टरमा ८.८८ प्रतिशत हिस्सा तरकारी तथा बागवानीमा, २५७७ हेक्टरमा १३.६२ प्रतिशत हिस्सा फलफुल तथा मसला रहेको छ ।
अछाम ४५ हजार ८२६.५ हेक्टरमा
अछाममा ४४ हजार ४४१ हेक्टरमा जुन ८.९७ प्रतिशत हिस्सा खाद्य र अन्य बाली, ६९८ हेक्टरमा ३.०५ प्रतिशत हिस्सा तरकारी तथा बागवानीमा, ६८७.५ हेक्टरमा ३.६३ प्रतिशत हिस्सा फलफुल तथा मसला रहेको छ ।
कैलाली १ लाख ८० हजार ६७३ हेक्टरमा
कैलालीमा १ लाख ६३ हजार ३१८ हेक्टरमा जुन ३२.९७ प्रतिशत हिस्सा खाद्य र अन्य बाली, १० हजार ३१९ हेक्टरमा ४५.०४ प्रतिशत हिस्सा तरकारी तथा बागवानीमा, ७०३६ हेक्टरमा ३७.१८ प्रतिशत हिस्सा फलफुल तथा मसला रहेको छ ।
















