अर्थतन्त्रमा ठूलो जोखिम देखियो, पुनरुत्थानका कारण तरलता अभाव भयोः राष्ट्र बैंक
काठमाडौं । अर्थतन्त्र पुनरुत्थानको लागि गएको कर्जाका कारण तरलता अभाव भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बुधबार आर्थिक पत्रकारसँग कुरा गर्दै नेपाल राष्ट्र बैंकले अर्थतन्त्र पुनरुत्थानका लागि कर्जा प्रवाह हुँदा तरलता अभाव श्रजना भएको बताएको हो ।
कोरोना महामारीका कारण विदेशमा मूल्यबृद्धिको ठूलो चाप बढेको तर नेपालमा त्यसको कुनै प्रभाव नपरेको नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख डा प्रकाशकुमार श्रेष्ठले बताए । पेट्रोलियम पदार्थको मूल्य बढ्दा चुनौती भएपनि पछिल्लो समय मूल्य घट्दा राहत मिलेको उनको भनाई छ ।
वित्तीय प्रणाली तथा अर्थतन्त्रमा जोखिम देखिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । शोधान्तर घाटा र व्यापार घाटा बढ्दै गएकाले अर्थतन्त्रमा चुनौति थपिएको उनले बताए । साथै उनले अर्थतन्त्रमा केही सूचकहरुले अवसरहरु पनि रहेको बताए ।













