२५ भदौ २०८३, बिहिबार

७ जीवन बीमाको लाभांशः एशियनको सर्वाधिक २७ प्रतिशत, सबै भन्दा कम रिलायन्सको ५.२६ प्रतिशत



काठमाडौं । बीमा समितिका अनुसार १९ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन् । जसमा ६ कम्पनीले आईपीओ जारी नगरेकाले नेप्सेमा सूचीकृत छैनन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये हालसम्म ७ वटा जीवन बीमा कम्पनीले आर्थिक बर्ष २०७६–७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् ।

हालसम्म एशियन लाइफ, रिलायन्स लाइफ, प्राइम लाइफ, सूर्या लाइफ, गुराँस लाइफ, ज्योति लाइफ र लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमा सबैभन्दा धेरै लाभांश एशियन लाइफले २७ प्रतिशत वितरण गर्ने भएको छ । त्यस्तै, सबैभन्दा कम लाभांश रिलायन्स लाइफले ५.२६ प्रतिशत वितरण गर्ने भएको हो ।

गुराँस लाइफले आर्थिक वर्ष २०७५–७६ को लाभांश प्रस्ताव गरेको छ भने बाँकीले आर्थिक वर्ष २०७६–७७ को लाभांश घोषणा गरेका छन् । गुराँस लाइफले आर्थिक बर्ष २०७५–७६ को मुनाफाबाट ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२९ प्रतिशत नगद गरी कूल ५.७८ प्रतिशत लाभांश वितरण गर्नेछ ।

त्यस्तै, आर्थिक बर्ष २०७६–७७ को मुनाफाबाट प्राइम लाइफले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद गरी कूल १५.७८ प्रतिशत, एशियन लाइफले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २ प्रतिशत नगद गरी कूल २७ प्रतिशत, सूर्या लाइफले १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६७ प्रतिशत नगद गरी कूल १३.३६ प्रतिशत, ज्योति लाइफले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत, लाइफ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ नगद गरी कूल २१.०५२ प्रतिशत र रिलायन्स लाइफले ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।

S.N.Company NameBonusCashTotal
1Reliance Life Insurance 5.26325.2632
1Jyoti Life Insurance5.005.526310.5263
3Prime Life Insurance15.000.8715.87
4Surya Life Insurance 12.70.668413.3684
5Asian Life Insurance 25.002.0027.00
6Life Insurance Corporation (Nepal) 20.001.052621.0526
7Gurans Life Insurance 5.50040.28955.7899