नबिल इन्भेष्टमेन्ट बैंकिंगको “आजिवन डिम्याट खाता”अफर, २०२२ रुपैयाँमा आजीवन डिम्याट खाता नविकरण गर्न नपर्ने
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले आजिवन डिम्याट खाता” २०२२ अफर ल्याएको छ । बैकिंगले अँग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा “आजिवन डिम्याट खाता” २०२२ अफर ल्याएको हो ।आजीवन डिम्याट खाता अन्तर्गत लगानिकर्ताहरुले २ हजार २२ रुपैयाँमा जिवनभर नविकरण गर्न नपर्ने डिम्याट खाता खोल्न सक्नेछन् ।
उक्त ययोजना यजनवरी ०१, २०२२ देखि वर्षभरीका लागि अर्थात अन्तिम डिसेम्बर २०२२ सम्मसम्मका लागि रहेको छ । यस्तो सुबिधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नबिकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्ने कम्पनिले जनाएको छ ।
कम्पनिले देशमै पहिलो पटक आजिवन डिम्याट खाताको योजना पौष २६, २०७७ देखि लागु गरेको थियो । यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकै पटक तीन हजार रुपैयाँ भुक्तानी गरी आजिवन नबिकरण गर्ने योजना रहेकोमा हाल थप परिस्कुत गदै नयाँ वर्ष २०२२ बाट ९७८ रूपैयाँ छुट सहित दुई हजार २२ रुपैयाँमा आजिवन नबिकरण गर्न मिल्ने नयाँ योजना सार्वजनिक गरेको कम्पनिले जनाएको छ ।















