अब फेरि लकडाउन भए मुलुकको अर्थतन्त्रले थेग्न सक्दैन : अर्थमन्त्री - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अब फेरि लकडाउन भए मुलुकको अर्थतन्त्रले थेग्न सक्दैन : अर्थमन्त्री



काठमाडौं । कोरोना संक्रमणका कारण अब फेरि लकडाउन भए मुलुकको अर्थतन्त्रले थेग्न नसक्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो वार्षिक साधारण सभामा अर्थमन्त्री शर्माले अब फेरि लकडाउन भयो भने मुलुकको अर्थतन्त्रले थेग्न नसक्ने बताए । उनले भने, ‘त्यसैले अब फेरि लकडाउन गर्न हुँदैन ।’

अर्थमन्त्री शर्माले माघ महीनभित्रमा तरलता समस्या समाधान हुने पनि दावी गरेका छन् । उनले भने, ‘तरलतामा देखिएको संकट समाधानका लागि प्रक्रिया अगाडि बढाइएको छ ।’

उनले अहिले बाहिर प्रचारमा आएजस्तै गरी अर्थतन्त्र संकटमा नपरेकोसमेत दावी गरे । उनले सूचकहरमा केही दबाव परेको भए पनि त्यस्तो ठूलो संकट नआएको बताए ।


प्रतिक्रिया दिनुहोस्