२२ कार्तिक २०८३, आइतबार

एनसीसी बैंकको २४ औं साधारण सभा सम्पन्न



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स एनसीसी बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिजो बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा २४ औं साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.०० प्रतिशत बोनस शेयर र बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ । साथै साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण कार्यका लागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय पारीत गरेको छ ।


बैंकले आर्थिक वर्ष २०७७÷७८ मा ११० अर्ब ८० करोड निक्षेप परिचालन गरी ९८ अर्ब ३२ करोड खुद कर्जा प्रवाह गरेको छ । साथै उक्त आर्थिक वर्षमा कर तथा बोनस पछि . १ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गरेको छ । प्रस्तावित लाभांश पारीत गरेपछि बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ पुग्ने छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १२ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।