अधिकारीद्वरा ४२ गोरूकिसानलाई १ लाख ३६ हजार नगदसहित पदक वितरण
नुवाकोट । समाजसेवी शिव अधिकारीले नुवाकोटको तार्केश्वर गाउँपालिका वडा नम्बर ३ मा माघेसंक्रान्तिका दिन जुधाउन गोरू पाल्ने किसानहरुलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
अधिकारीले सोमबार एक कार्यक्रम गरी ४२ गोरुधनी किसानलाई कुल १ लाख २६ हजार नगद र ‘माघेसंक्रान्ति गोरुधनी किसान पदक–२०७८’ प्रदान गरेका हुन् ।
कोरोना महामारीका कारण तारुकाको ऐतिहासिक गोरूजुधाई पर्व औपचारिक कार्यक्रम भएको थिएन । किसानको मनोवल उच्च राख्न अधिकारीले नगद पुरस्कार प्रदान गरेका हुन् ।
४२ जना गोरुधनी किसानलार्ई प्रति ३ हजारका दरले कुल १ लाख २६ हजार सामाजिक दुरी कायम गरी हस्तान्तरण गरिएको हो । यसका साथै सबै गोरुपालक किसानलाई ‘माघेसंक्रान्ति गोरुधनी किसान पदक–२०७८’ मेडलसहित सम्मान गरिएको छ ।
कार्यक्रममा तारकेश्वर गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष सुर्यमान श्रेष्ठले कोरोना महामारीको कारण मेलालाई निरन्तरता दिन नसकेकोमा दुःख व्यक्त गरे ।
















