८ श्रावण २०८३, शुक्रबार

सरकारी स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकमध्ये कुन ठूलो ?



काठमाडौं । कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वाणिज्य बैंकमा यी ३ बैंकहरुबीच ब्यापक प्रतिस्पर्धा छ ।

२७ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सरकारी बैंक भनेर चिनीने राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा केही सूचकमा अग्रस्थानमा रहेका छन् । यहाँ यी ३ सरकारी बैंक कुन सूचकमा को बढि बलियो भनेर तुलना गरिएको छ ।

यहाँ तुलना गर्दा अधिकांश सूचकमा राष्ट्रिय वाणिज्य बैंक अगाडि रहेको छ भने कृषि विकास बैंक र नेपाल बैंकले पनि केही सूचकमा अग्रस्थान हासिल गरेका छन् ।

नाफा
चालु आर्थिक बर्षको ६ महिनामा सबैभन्दा धेरै नाफा गर्नेमा राष्ट्रिय वाणिज्य बैंक अगाडि रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब ९१ करोड ९५ लाख ५ हजार रुपैयाँ, नेपाल बैंकको नाफा १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ र कृषि विकास बैंकको नाफा ८८ करोड १५ लाख ३ हजार रुपैयाँ आर्जन गरेका छन् ।

खुद ब्याज आम्दानी
चालु आवको पौष मसान्तसम्ममा खुद ब्याज आम्दानी बढी गर्नेमा राष्ट्रिय वाणिज्य बैंकले नै सबैभन्दा धेरै खुद ब्याज आम्दानी गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ५२ करोड ३२ लाख २५ हजार रुपैयाँ, कृषि विकास बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ७४ करोड २७ लाख ८० हजार रुपैयाँ र नेपाल बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २ करोड ४९ लाख ३० हजार रुपैयाँ आर्जन गरेका छन् ।

चुक्ता पूँजी
चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा कृषि विकास बैंकको चुक्ता पूँजी १८ अर्ब ६२ करोड ६ लाख २७ हजार रुपैयाँ, नेपाल बैंकको चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पूँजी १३ अर्ब ९४ करोड ३ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

जगेडा कोष
दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकको जगेडा कोष १६ अर्ब ८७ करोड २२ लाख ३१ हजार रुपैयाँ, कृषि विकास बैंकको जगेडा कोष १४ अर्ब ६ करोड २६ लाख ३९ हजार रुपैयाँ र नेपाल बैंकको जगेडा कोष १९ अर्ब ८९ करोड ७१ लाख २८ हजार रुपैयाँ रहेको छ ।

निक्षेप संकलन
सबैभन्दा धेरै निक्षेप संकलन राष्ट्रिय वाणिज्य बैंकले गरेको छ । राष्ट्रि वाणिज्य बैंकको निक्षेप २ खर्ब ४१ अर्ब ५६ करोड ५३ लाख ५२ हजार रुपैयाँ, कृषि विकास बैंकको निक्षेप १ खर्ब ५७ अर्ब ४९ करोड १८ लाख ६० हजार रुपैयाँ र नेपाल बैंकको निक्षेप १ खर्ब ८२ अर्ब ८४ करोड ९ लाख ५८ हजार रुपैयाँ संकलन गरेका छन् ।

कर्जा प्रवाह
चालु आर्थिक बर्षको ५ महिनामा कर्जा लगानीका हिसावले राष्ट्रिय वाणिज्य बैंक नै अगाडि रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले कर्जा १ खर्ब ९५ अर्ब ४३ करोड ४२ लाख ६७ हजार रुपैयाँ, कृषि विकास बैंकले कर्जा १ खर्ब ७४ अर्ब २८ करोड ८७ लाख ८४ हजार रुपैयाँ र नेपाल बैंकले कर्जा १ खर्ब ६३ अर्ब १० करोड ९४ लाख ९० हजार रुपैयाँ लगानी गरेका छन् ।

सञ्चालन मुनाफा
चालु आवको ६ महिनामा नेपाल बैंकको सञ्चालन मुनाफा १ अर्ब ६३ करोड ५३ लाख ३६ हजार रुपैयाँ, कृषि विकास बैंकको सञ्चालन मुनाफा २ अर्ब ८ करोड १८ लाख ७२ हजार रुपैयाा र राष्ट्रिय वाणिज्य बैंकको सञ्चालन मुनाफा २ अर्ब ४८ करोड ७५ लाख ७५ हजार रुपैयाँ आर्जन गरेका छन् ।

वितरणयोग्य मुनाफा
पौष मसान्तसम्ममा राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३८ करोड ५५ लाख ८२ हजार रुपैयाँ, कृषि विकास बैंकको वितरणयोग्य मुनाफा ८८ करोड १५ लाख ३ हजार रुपैयाँ र नेपाल बैंकको वितरणयोग्य मुनाफा ४१ करोड ३ लाख १५ हजार रुपैयाँ वितरणयोग्य रहेको छ ।

प्रतिशेयर आम्दानी
समिक्षा अवधिसम्ममा राष्ट्रिय वाणिज्य बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५४ पैसा, कृषि विकास बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ११ पैसा र नेपाल बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ६७ पैसा रहेको छ ।

प्रतिशेयर नेटवर्थ
समिक्षा अवधिमा नेपाल बैंकको २३८ रुपैयाँ १२ पैसा र कृषि विकास बैंकको २०५ रुपैयाँ ४ पैसा प्रति शेयर नेटवर्थ रहेको छ ।

खराब कर्जा
समिक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३.०६ प्रतिशत, कृषि विकास बैंकको खराब कर्जा २.०८ प्रतिशत र नेपाल बैंकको १.९१ प्रतिशत खराब कर्जा रहेको छ ।

नेट फि तथा कमिशन आम्दानी
नेपाल बैंकको ४८ करोड ६७ लाख ८५ हजार रुपैयाँ, कृषि विकास बैंकको ७१ करोड ९२ लाख ९२ हजार रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको ३६ करोड ४९ लाख १७ हजार रुपैयाँ नेट फि तथा कमिशन आम्दानी रहेको छ ।

कूल सञ्चालन आय
राष्ट्रिय वाणिज्य बैंकको ५ अर्ब १७ करोड ६४ लाख ६५ हजार रुपैयाँ, कृषि विकास बैंकको ४ अर्ब ८६ करोड ११ लाख ३ हजार रुपैयाँ र नेपाल बैंकको ३ अर्ब ८० करोड ८४ लाख ९५ हजार रुपैयाँ कूल सञ्चालन आय रहेको छ ।

पिई रेसियो
नेपाल बैंकको मूल्य आम्दानी अनुपात १९.३७ गुणा र कृषि विकास बैंकको मूल्य आम्दानी अनुपात २२.३५ गुणा रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको कष्ट अफ फण्ड ४.४३ प्रतिशत, सीडी रेसियो ८३.५१ प्रतिशत, बेस रेट ६.६ प्रतिशत र इन्ट्रेष्ट रेट स्प्रिड ३.६१ प्रतिशत रहेको छ । त्यस्तै, कृषि विकास बैंकको कष्ट अफ फण्ड ५.५१ प्रतिशत, सीडी रेसियो ९५.३२ प्रतिशत, बेस रेट ७.५३ प्रतिशत र इन्ट्रेष्ट रेट स्प्रिड ४.३८ प्रतिशत रहेको छ । नेपाल बैंकको कष्ट अफ फण्ड ५.५२ प्रतिशत, सीडी रेसियो ८९.६२ प्रतिशत, बेस रेट ६.९२ प्रतिशत र इन्ट्रेष्ट रेट स्प्रिड २.९१ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्