सरकारले बढायाे दूधको मूल्य, अव कति पर्छ ?
काठमाडौं । दूधको समर्थन नयाँ मूल्य प्रतिलिटर कायम गरिएको छ । सरकारले दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ ताकेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ तोकेको हो ।
यसअघि दूधकको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ रहेको थियो । बैठकले दूधको मूल्य ५६.०४ रुपियाँ कायम गरेसँगै १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले दुधको मूल्य वृद्धि भएको हो ।
















