मन्त्री झाँक्रीले हटाईन्, धोबीखोला करिडोरमा राखिएका निर्माण सामाग्री - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मन्त्री झाँक्रीले हटाईन्, धोबीखोला करिडोरमा राखिएका निर्माण सामाग्री



​काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरमा राखिएका निर्माण सामाग्री हटाएकी छिन् । मन्त्री झाँक्रीले धोबीखोला करिडोरको वारीपारी सडकमा राखिएका निर्माण सामाग्री हटाएकी हुन् । धोबीखोला सरसफाइ गर्नेक्रममा त्यस क्षेत्रका स्थानीयले सडक ओगटेर जथाभावी राखिएका निर्माण सामाग्रीले सडकबाट आउजाउ गर्न समस्या भएको गुणासो गरेका थिए । स्थानीयको उक्त गुणासोपछि डोजर लगाएरै त्यस क्षेत्रमा सडक ओगेटर राखिएका निर्माण सामाग्री हटाएको हो ।

कर्मचारी र प्रहरी टोलीसँग धोबिखोला कोरिडोरमा पुगेकी झाँक्रीले अतिक्रमित क्षेत्र खाली गराउन, त्यस स्थानका निर्माण सामग्रीलगायत विभिन्न सामग्रीहरू नियन्त्रणमा लिएकी छिन्। मन्त्री झाँक्री यसअघि पनि धोबीखोला करिडोरको अनुगमन गर्न पुगेकी थिइन्।

सडक पेटी खाली गराउन १५ दिनअघि लिखित रूमपा सूचना दिए पनि अटेर गरेपछि फिल्डमा आएर खाली गराउनुपरेको मन्त्रालयले बताएको छ। धोबीखोला कोरिडोरअन्तर्गत चुनिखेलसम्मकै दायाँबायाँको सडक पेटी छिट्टै अतिक्रमण मुक्त हुने मन्त्री झाँक्रीले बताएकी छन्। अब यो अभियान सबै अतिक्रमित सडक पेटीहरूमा पनि संचालन गर्ने मन्त्रालयको योजना रहेको छ।


प्रतिक्रिया दिनुहोस्