नेप्सेको सीईओमा कृष्ण कार्की नियुक्त - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेप्सेको सीईओमा कृष्ण कार्की नियुक्त



काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन्। मन्त्रिपरिषदको माघ १७ को बैठकले कार्कीलाई नेप्सेको सीईओमा नियुक्त गरेको हो ।

लामो समयपछि नेप्सेले सीईओ पाएको हो । पाल्पाका कार्की निजामती सेवामा उपसचिव रहेर काम गरिसकेका छन् । कार्की यसअघि बुढीगण्डकी जलविद्युत आयोजनामा परियोजना संयोजक थिए।

सर्वोत्तम सिमेन्टको सेयरको आन्तरिक कारोबारमा विवाद उत्पन्न भएपछि  चन्द्रसिंह साउदले गत भदौ ८ गते नेप्सेको सीईओबाट राजीनामा दिएका थिए। 

छनौट तथा सिफारिस समितिले कार्कीसहित डा. केशव श्रेष्ठ र रमेश भण्डारीलाई सिफारिस गरेको थियो । सीईओको दौडमा थिए।

कार्की माओवादी पार्टीनिकट रहेकाले अर्थमन्त्री जनार्दन शर्माको रोजाइमा परेका थिए । नेप्सेको सीईओ माओवादी निकटका लाई दिएर धितोपत्र बोर्डको अध्यक्षमा कांग्रेस निकटका लाई बनाईने स्रोतले बतायो ।


प्रतिक्रिया दिनुहोस्