सुबिसुको ‘सुपर रफ्तार अफर’ इन्टरनेटमा अब नो बफर - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सुबिसुको ‘सुपर रफ्तार अफर’ इन्टरनेटमा अब नो बफर



काठमाडौं । नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले सेवाग्राहीको निम्ति सुपर रफ्तार अफर ल्याएको छ । यस अफर अन्तर्गत सेवाग्राहीले ६५० एमबीपिएस सम्मको उच्च गतिको इन्टरनेटको लाभ उठाउन सक्नुहुनेछ ।

इन्टरनेटको बढ्दो माग र उच्चस्तरीय सेवालाई पुर्णरुप दिन कम्पनीले यस अफर ल्याइएको जनाएको छ । आफनो आवश्यक्ता अनुरुप सेवाग्राहीले उच्च गतिको इन्टरनेट सेवा अब न्युनतम मुल्यमा प्राप्त गर्नुहुने छ । ६५० एमबीपिएसको इन्टरनेटको साथमा ४ वटा क्लीयर टिभी सब्सकृप्सनको वार्षिक सेवा मात्र रु १७७० प्रति महिनामा प्राप्त गर्नुहुने छ । सर्त तथा नियमहरु लागु हुनेछ ।
सुबिसुकाबारेमा :
सुबिसु केबलनेट लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यानएथर्नेट,होलसेल आइ.पि ट्रान्जिट,एम.भि.पि,डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदानगर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्