राष्ट्र उत्थान लघुवित्तको आईपीओमा माग ८ लाख ५० हजार कित्ता, २६ लाख २६ हजार जनाको आवेदन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा माग ८ लाख ५० हजार कित्ता, २६ लाख २६ हजार जनाको आवेदन



काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिन २६ लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज अन्तिम दिन आइतबार २६ लाख २६ हजार ९० जना आवेदकले ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयरका लागि आवेदन दिएका छन् । यो माग गरेको भन्दा ३८ गुणा बढी हो ।

राष्ट्र उत्थान लघुवित्तले सर्वसाधारणका लागि फागुन ४ गते बुधबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्ने भएको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता शेयर सर्वसाधारणहरुका लागि छुट्याइएको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २६ करोड रुपैयाा पुग्नेछ ।

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्