नयाँ पुलको अवलोकन गरे संघका अध्यक्षले - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नयाँ पुलको अवलोकन गरे संघका अध्यक्षले



काठमाडौं । फागुन ९ गते, सोमाबारका दिन संघका अध्यक्ष नवीन रिजालले संघको पहलमा भारतको बथनाहा स्थित मिरगञ्ज पुलको विकल्पमा निर्मित नयाँ पुलको अवलोकन गरी पछिल्लो अवस्था बारे जानकारी लिएका छन् । निरीक्षणको क्रममा अध्यक्षले सो नयाँ पुललाई अस्थायी रुपमा संचालनमा ल्याउन संघको पछिल्लो माग बमोजिम पुलको दक्षिण तर्फको निर्माण कार्यमा प्रगति भएको जनाउँदै अब केही मिटरसम्म अस्थाई बाटो निर्माण भए पुलको पूर्व तर्फको लेन संचालनमा ल्याउन सकिने बताएका छन् ।

साथै, अध्यक्ष नवीन रिजालले पुल निर्माणका लागि द्रुतगतिमा भएको पछिल्लो प्रगतिका लागि भारतका सम्बन्धित निकायबाट भएका सकारात्मक कदमहरुका लागि धन्यवाद व्यक्त गर्दै आगामी कार्यहरुका लागि सम्बन्धित निकायहरुमा पहल भई रहेको बताएका छन् ।

त्यसै गरी आजै संघका अध्यक्ष नवीन रिजालले विराटनगरमा संचालनमा आएको हाइलेक्स सेनिटरीको समेत उद्घाटन गरेका छन् ।

हाइलेक्सका निर्देशक विश्वनाथ आचार्यको अनुरोधमा संघका अध्यक्ष रिजालले सो प्रतिष्ठानको उद्घाटन गर्ने क्रममा कोभिड महामारीबाट उद्योग तथा व्यवसाय क्षेत्र धारासायी भइरहेको अवस्थामा व्यवसाय क्षेत्रमा युवा समूहको उपस्थिति आउनु सुखद सन्देश रहेको बताउँदै उक्त प्रतिष्ठानका संचालकहरु विश्वनाथ आचार्य, जितेश कोइराला र सुभाष भगतलाई बधाई तथा शुभकामना दिएका थिए ।

हाल काठमाडौं लगायत विभिन्न स्थानमा बिक्री कक्ष रहेको हाइलेक्सले प्रदेश नं. १को राजधानी विराटनगरमा समेत विक्री वितरण शुरु गरेको छ ।

त्यसैगरी मिति २०७८ फागुन ८ गते, मोरंग व्यापार संघ, महिला उद्यम समितिले परोकारघाट स्थित सयपत्री परोपकार आधारभूत विद्यालयमा अध्ययनरत विपन्न तथा असहाय बालवालिकालाई लक्षित गरी मास्क र सेनिटाईजर वितरण गरेको थियो । संघको महिला उद्यम समितिकी संयोजक वन्दना जैनको नेतृत्वमा गएको महिला उद्यमीहरुको टोलीले सेनिटाइजर, बेबी मास्क लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरु विद्यालयका प्रधानाध्यापक सीता दाहाललाई हस्तान्तरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्