नेप्से आज बन्द, शेयर कारोबार नहुने
काठमाडौं । बिहीबार शेयरबजार बन्द हुने भएको छ । आज बिहीबार (फागुन १९ गते) ग्याल्बो ल्होसार पर्व परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द भएको हो ।
अब बजार आइतबार बिहान ११ बजे खुल्नेछ । अघिल्लो दिन बुधबार नेप्से सूचक ६३.५४ अंकले घटेर २५४७.०४ विन्दुमा बन्द भएको छ ।












