स्पेशल प्रि ओपन सेसनमा इमर्जिङ्ग नेपालको प्रतिकित्ता २८७.१० रुपैयाँमा पहिलो कारोबार
काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा इमर्जिङ्ग नेपाल लिमिटेडको पहिलो कारोबार भएको छ । आइतबार स्पेशल प्रिओपन सेसनमा कम्पनीको प्रतिकित्ता २८७ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो ।
इमर्जिङ्ग नेपाल लिमिटेडको शुक्रबार ५५ लाख ५६ हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले सर्वसाधारणमा वितरण गरिएको ५ लाख ५५ हजार ६ सय कित्ता र कम्पनीका संस्थापकहरुले लागनी गरेको ५० लाख ४ सय कित्ता शेयर गरी ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता प्रति शेयर न्युनतम १०५ रूपैयाँ ११ पैसादेखि अधिकतम ३१५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो ।
कम्पनीले माघ २६ गते, बुधबारदेखि फागुन १ गते, आइतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
















