१० श्रावण २०८३, आइतबार

भोलिदेखि किन बन्द हुँदै छ सवारी लाइसेन्सको अनलाइन आवेदन ?

भोलिदेखि किन बन्द हुँदै छ सवारी लाइसेन्सको अनलाइन आवेदन ?



काठमाडौं । भोलिदेखि यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गर्ने भएको छ ।

हालसम्म परेका अनलाइन आवेदनको कारबाही जतिसक्दो चाँडै टुंग्याउनुपर्ने भएकाले भोलि (चैत १) देखि आवेदन बन्द गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार अर्काे सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन प्रणाली बन्द गरिएको प्रवक्तासमेत रहेका निर्देशक डा. लोकनाथ भुसालले जानकारी दिए ।