भारतको सबैभन्दा ब्यापक रुपमा बिस्तारित ब्राण्ड किड्जी नेपालमा
भारतको सबैभन्दा ब्यापक रुपमा बिस्तारित ब्राण्ड किड्जी नेपालमा
काठमाडौं । किड्जी वर्तमान समयमा भारतको सबैभन्दा ब्यापक रुपमा बिस्तार हुँदै गरेको प्री स्कुल (प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा) चेन हो । ७५० भन्दा बढी भारतीय सहर र नेपालका ४ सहरहरूमा २ हजारभन्दा बढी केन्द्रहरूको अविश्वसनीय सञ्जालका साथ, किड्जी बाल विकासको नेतृत्व गर्न प्रतिबद्ध छ र प्रत्येक बालबालिकामा रहेको अद्वितीय क्षमताको पोषणमा केन्द्रित छ ।
वर्षौंको समर्पित अनुसन्धानको साथ, किड्जीले सिडीई (बाल विकास र शिक्षा) क्षेत्रमा अतुलनीय मापदण्डहरू स्थापित गरेको छ । प्रत्येक बच्चाको विशिष्टता र तिनीहरूको असीम क्षमतालाई स्वीकार गरेको, किड्जीसँग भारतको एक मात्र विश्वविद्यालय–प्रमाणित पूर्वस्कूल पाठ्यक्रम ILLUME को स्वामित्व छ ।
बच्चाहरू जन्मने बित्तिकै आफ्नो वरपरको संसार खोज्न थाल्छन् । जीवनको पहिलो ६ वर्षमा मस्तिष्कको अधिकतम विकास हुने हुँदा यो अवधि प्रारम्भिक सीपहरू प्राप्त गर्नका लागि महत्वपूर्ण हुन्छ । किड्जीमा बालबालिकाहरूलाई बाल–केन्द्रित पाठ्यक्रम मार्फत आफ्नो खोज जारी राख्न प्रोत्साहित गरिन्छ ।













