१० वर्षअघि १५ अर्बको दुग्धजन्य पदार्थ आयात हुने नेपालमा अहिले डेढ अर्बमा कसरी सम्भव भयो ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

१० वर्षअघि १५ अर्बको दुग्धजन्य पदार्थ आयात हुने नेपालमा अहिले डेढ अर्बमा कसरी सम्भव भयो ?



दूधको गुणस्तरमामा सबै क्षेत्र गम्भीर हुनेपर्ने

काठमाडौं । दूध तथा दुग्धजन्य पदार्थको स्वच्छताका लागि सो क्षेत्रका सम्पूर्ण क्षेत्र गम्भीर हुनुपर्ने हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । दूधको मूल्य वृद्धि भएपनि दूधका गुणस्तरको विषयमा पनि कुराहरु बाहिर आउन थालेपछि सरोकारवालाहरुले चासो लिइरहेका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज) ले बुधवार आयोजना गरेको दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छता अभिवृद्धिका लािग सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा सो जोड दिएका हुन् । विभागका महानिर्देशक मतिना जोशी वैद्यले संविधानले स्वच्छ र गुणस्तर वस्तु उपभोग गर्न पाउनु पर्ने मौलिक अधिकार अनुसार नै दूधको गुणस्तरको आफ्नै महत्व रहेको बताएकी छिन् ।

दूधको गुणस्तरका लागि प्रत्येक सरोकाबालाको भूमिका हुनुपर्ने कुरामा जोड दिँदै उनले किसान, सहकारी, उद्योगी, ढुवानीकर्ता, सरकार सबै गुणस्तरका लागि जिम्मेवार हुनुपर्ने जोड दिईन् । दूधको फ्याट तथा एसएनएफका लागि उद्योगीहरु गम्भीर हुनुपर्ने कुरामा जोड दिँदै उनले उपभोक्ता ठगिन नहुने धाराण राखिन् । दूध तथा दुग्ध पदार्थ गुणस्तरीय छ भने कुरा सुनिश्चत हुनुपर्ने उनले बताईन् । उनले खाद्य स्वच्छताका लागि कृषिको असल अभ्यासनमा जोड दिईन् ।

दूध तथा दूग्धजन्य पदार्थको स्वच्छता तथा गुणस्तरका लागि विभागको तर्फबाट गर्नुपरे हरेक कार्य हुने तर त्यसका लागि डेरी उद्योगीले सचेतता अपनाउनुपर्ने उनी बताउँछिन् । बजारमा खुल्ला रुपमा विक्रि वितरण भइरहेको दूध गुणस्तरका लागि चुनौती रहेको बताउँदै उनले पकेटको दूध खान उपभोक्तालाई आग्रह गरिन् ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एवं डेरी उद्योगी अरनिको राजभण्डारीले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु हुँदै दूधको गुणस्तरका लागि डेरीबाला प्रतिवद्ध रहेको बताए । ‘काम गराईको क्रममा केही कमी कमजोरी हुनसक्छ, तर त्यसैलाई आधार बनाएर उद्योगीलाई निमोठ्न हुँदैन्, दूध तथा दुग्धजन्य पदार्थको गुणस्तरका लागि सबै सरोकारबालाहरु त्यतिकै गम्भीर हुनुपर्छ ।’ उनले भने, ‘दूधको गुणस्तर कायम गर्न किसानले एक्लै सक्दैन, उद्योगीले मात्र सक्दैन, कर्मचारी मात्र सक्दैन, त्यसका लागि सबै एक रुपले लाग्नुपर्छ ।’

डेरी उद्योगलाई कानुनमा कस्सिएर बाँध्नुभन्दा पनि व्यवहारिक रुपमा काम कसरी लिन सकिन्छ त्यतातिर ध्यान दिनुपर्ने उनको भनाई छ । निजी क्षेत्रको डेरीको मेहनतको कारण दूध आत्मनिर्भरको दिशातिर लम्केको बताउँदै उनले, ‘१० वर्षअघिसम्म वार्षिक १५ अर्बभन्दा बढीको दूध तथा दुग्धजन्य पदार्थ आयात हुन्थ्यो तर अहिले एक डेढ अर्बमा झरेको छ, त्यो निजी क्षेत्रकै मेहनतका कारणले सम्भव भएको छ ।’

कार्यक्रममा विभागको तर्फबाट वरिष्ठ खाद्य अनुसन्धान अधिकृत किशोर केसीले दूध तथा दूग्ध पदार्थको स्वच्छछा एवम् गुणस्तर निर्देशिका, २०७५ को कार्यान्वयन विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । दूधको गुणस्तरको लागि कृषकदेखि उपभोक्तासम्ममा सचेतनाको कार्यक्रम लैजानुपर्ने कुरामा जोड दिँदै अधिकृत केसीले डेरी भ्यालु चेनमा संलग्न सबै सरोकारवालाहरु बीच आपसी समन्वय हुनु आवश्यक रहेको बताए ।

दुग्ध प्रशोधनका लागि उद्योगहरुमा भौतिक पूर्वाधर तथा अन्य सुविधा हुनुपर्ने कुराम जोड दिँदै उनले त्यहाँ पानीको व्यवस्था, उद्योगको नाली र फोहर व्यवस्थापन, कामदारको व्यक्तिगत सरसफाई, दूधको प्रशोधनलगायतका विषयमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा नेपाल डेरी उद्योग संघका राजकुमार दहाल, उपभोक्तावादी माधव तिमिल्सिना, अनाजका अध्यक्ष किरण आचार्यलगायतकाले आआफ्नो धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्